Logo

आईपीएलः पञ्जाबलाई ५ विकेटले हराउँदै सन्दीपको दिल्ली अंकतालिकाको तेस्रो स्थानमा



Spread the love

८ वैशाख, काठमाडौं ।

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार रातिको ३३ औं खेलमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरेको छ ।

खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो ।

दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए । धवन ५६ रनमा आउट हुँदा एयरले अविजित ५८ रन बनाए ।

पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए । पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्