Logo

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



Spread the love

९ वैशाख, काठमाडौं ।
आज तनहुँमा बसको ठक्करबाट एक मोटरसाइकल चालकले ज्यान गुमाएको छ । मृत्यु हुनेमा कास्की निवासी ३१ वर्षीय सन्दिप कुँवर रहेका छन् । गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएका छन्।

प्र ३–०२–००१ प.६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ८४१० नं को बसले पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।मोटरसाइकलमा पछाडि सवार सिर्जना राउतको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्