Logo

घुस लिएको आरोपमा एक पक्राउ



Spread the love

१० बैशाख,  काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएको अभियोग केसीमाथि लागेको छ ।

कम्प्युटर अपरेटर केसीलाई आयोगको टोलीले आज कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । आरोपी केसीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ

प्रतिक्रिया दिनुहोस्