Logo

आफ्नै १ करोड लगानीमा विद्यालय निर्माण ,स्तरोन्नतिका लागि एक्लै शैक्षिक महोत्सव गर्दै



Spread the love

१० बैशाख, गुल्मी – नेपाली समाजमा अभै पनि समाजसेवी छन्, यो समाजको भलो चाहन्छन् ,सकारात्मक सोच भएका मानिसकहरुको अझै पनि कमी छैन भन्ने कुराको ज्वलन्त उदाहरण गुल्मीका एक वक्तिले दिएका छन् ।

जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ३ बस्ने ५४ वर्षयी मदनलाल बस्यालले गाउँका विद्यार्थीलाई पढ्न जान विद्यालय टाढा भएका कारण आफ्नै लगानीमा गाउँमा विद्यालय निर्माण गरेका छन् । आज भन्दा करिब ७ वर्ष पहिले हालको रुरु गाउँपालिका ३ झमेदीमा करिब एक करोडको लगानीमा विद्यालय निर्माण गरी समितिलाई हस्तान्तरण गरेका बस्यालले अहिले पुन विद्यालको शैक्षिक अवस्था सँगसँगै स्तर उन्नतिको लागि श्री धनधान्याञ्चल गीता ज्ञान विज्ञान शैक्षीक महोत्वको आयोजना गरेका छन् । वर्षौँदेखी भारत र जापानमा परिश्रम गरेर कमाएको पैसाबाट शिक्षा क्षेत्रमा लगानी गरी उनी गुल्मेली समाजमा स्याबासीका पात्र बनेका छन् ।

अहिलेसम्म कुनै त्यस्तो उल्लेखनीय सहयोग नभएको र सहयोग नभए पनि आँफैले लगानी गरेर भए पनि विद्यालयको स्तर उन्नति गर्न लागेको बस्यालले सल्लेरी खबरलाई बताए ।

आइतबार सल्लेरी खबरसँग कुराकानी गर्दै उनले भने, “मरी लानु केही छैन ,लोभ लालच नगरी सधैँ भरि सकारात्मक सोच राखी अघि बढ्नुपर्दछ ।” सहयोग गर्नलाई धन मात्र नभएर मन पनि हुनुपर्न उनको भनाई रहेको छ । समाज परिर्वतनका लागि आँफूले हरेक क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गरिरहने उनले बताए ।

चैत ६ गतेदेखी सुरु भएको उक्त शैक्षिक महोत्सव चैत १२ गतेसम्म चल्ने छ । उक्त विद्यालयमा हाल ३५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्