Logo

नेपालद्वारा मलेसियालाई १ सय ४२ रनको लक्ष्य प्रस्तुत



Spread the love

११ वैशाख, काठमाडौं ।  थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई १ सय ४२ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३४.५ ओभरमा अल आउट हुँदै १ सय ४१ रन मात्र बनायो ।

नेपालका लागि आईश भट्टराईले सर्बाधिक ४२ बलमा ५ चौका प्रहार गर्दै ३४ रन बनाए । दिपक बोहोरा र अर्जुन कुमालले समान १६ रन जोडे । ओपनर कुमाल र बोहोराले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । कप्तान विशाल बिक्रम केसीले २८ रनको योगदान दिए ।२३ ओभरको चौथो बलमा सिद्धार्थ कार्तिकले ३० बलको सामना गर्दै २ चौका प्रहार गरे । दुधराज बिक ८,प्रसान्त महत शुन्य,प्रसान्त सिंह ६ र सुवास ऐर ११ रनमा आउट भए । तिलक राज भण्डारी २ र निखिल कुमार सिंह १२ रनमा आउट भए ।

मलेसियाका लागि सिद्धार्थ कार्तिकले ६ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै लोकमान नुर र सचिनुले समान २ लिए । त्यस्तै मोहम्मद अकमल अलिफ र मोहम्मद इमरुल असर्राफले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्