Logo

नेपालको लगातार दोस्रो जित



Spread the love

 ११ बैशाख, काठमाडौँ । थाइल्याण्डमा जारी एसीसी यू–१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेशियालाई ३९ रनले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

१ सय ४२ रनको लक्ष्य पछाएको मलेशियाले ३३ दशमलब २ ओभरमा १ सय २ रनमा अलआउट भएपछि नेपालले सहज जित निकालेको छ । मलेशियाका लागि सरभिन सरेन्द्रनले ४६ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । वान अहेमदले १७ रन बनाउँदा किसन कुमार ११ रनमा आउट भएका थिए । नेपालको कसिलो बलिङसामु मलेशियाका ८ खेलाडीहरु सस्तैमा आउट भए ।

नेपालका प्रशान्त महत,रमेश कुर्मी,तिलक राज भण्डारीले समान २–२ विकेट लिए । निखिल कुमार सिहं र प्रशान्त सिहंले १–१ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ३४ दशमलब ५ ओभरमा अल आउट हुँदै १ सय ४१ रन बनाएको थियो । मलेसियाका सिद्धार्थ कार्तिकले सर्वाधिक ४ विकेट लिदाँ लोकमान नुर र सचिनुले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्