Logo

गुल्मीमा जिप दुर्घटना, पाँच घाईते एकको अवस्था गम्भिर



Spread the love

गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ ।

जिल्लाको छत्रकोट गाँउपालिका वडा नम्वर ४ श्रृंगा भन्ने स्थानमा सदरमुकाम तम्घासबाट बुटवल जादैं गरेको लु २ त १७ नम्वरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु १२ प २९७२ नम्वरको मोटर साईकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको श्रृंगा प्रहरी चौकी प्रमुख असई हरिकिशन पुनले जानकारी दिएका छन् ।

घाईते हुनेमा मोटर साईकल चालक छत्रकोट गाउँपालिका–४ का १८ बर्षीय शालिकराम पन्थ, मालिका गाउँपालिका–६ का २२ बर्षीय बसन्त पराजुली, रेसुङ्गा नगरपालिका–२ तम्घासका ३८ बर्षीय गोपाल पोखरेल, मुसिकोट नगरपालिका–४ बडागाउँका ताराबहादुर राजकोटी, र छिमेकी जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का दिलिप केसी रहेको असई पुनले जानकारी दिए ।

घाईतेहरु मध्ये तम्घासका ३८ बर्षीय गोपाल पोखरेलको अवस्था अलि गम्भिर रहे तापनि खतारा मुक्त रहेको बताईएको छ । श्रृंगामा सामान्य उपचार पछि घाईतेलाई थप उपचारको लागि पाल्पा रिफर गरिएको असई पुनले सल्लेरीखबरलाई जानकारी दिए । जिप सडकबाट अन्दाजी १५० मिटर तल खसेको बताईएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्