Logo

राजपा नेतृत्वलाई पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न दबाब



Spread the love

११ वैशाख, काठमाडौं । नेपालका नेताहरुले राष्ट्रिय जनता पार्टीलाई पार्टीको राष्ट्रिय महाधिवेशन तुरुन्त गर्न नेतृत्वलाई दबाब दिन थालेका छन् ।

काठमाडौंमा जारी राष्ट्रिय जनता पार्टीको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दवाव दिएको हो । यही वैशाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिए ।

सरकारविरुद्धको आन्दोलनको कार्यक्रमलाई सशक्त रुपमा अघि बढाउने तयारी बैठकले गरेको राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्