Logo

नयाँ सम्बन्ध सुरु गर्नु भन्दा पहिले अपनाउनै पर्ने ७ अमुल्य टिप्सहरू !



Spread the love

के तपाई सम्बन्ध बनाउन या टिकाउन सक्दिन कि भनेर ठुलो चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने तलका केही टिप्सहरू पढ्नुस्, शत प्रतिशत लाभदायी हुनेछ ।

कुनै पनि सम्बन्धमा इमानदारिता, प्रतिबद्धता र सम्झौताको निकै ठुलो भुमिका रहेको हुन्छ । यिनको अभावमा अहिले मानिसहरू सम्बन्ध राम्ररी जोड्न या टिकाउन सकिरहेका छैनन् । फलतः हरेक मानिस अचेल अक्सर तनाबमा देखिरहेको पाउन सकिन्छ ।

एक अध्ययनले भनेको छ – पहिलो नजर मै कसैसँग मायामा फस्ने सम्भावना पुरुषको मामिलामा ४८% र महिलामा २८% हुन्छ । खैर ! सम्बन्धको कुरीकुरी पुरुषमा पहिले सुरु भए पनि यसलाई मलजल गर्न तलका केही कुरामा ध्यान दिनु एकदमै जरुरी छ ।

नयाँ सम्बन्ध सुरु गर्नु भन्दा पहिले जान्नै पर्ने ७ कुराहरूः

पहिलो कुरा
हाम्रो बानी अक्सर के हुन्छ भने सम्बन्ध सुरु गर्नु भन्दा पहिले खाली अरुबाट अपेक्षा धेरै गर्ने । जस्तो किः उसले मलाई माया गर्छ कि नाई ? उसले मलाई टाइम देला कि नाई ? ऊ राम्रो छ कि नाई ? ऊ मलाई सुहाउँछ कि नाई ? इत्यादि । यो बानी हामीले कम गर्नुपर्छ । सम्बन्ध दोहोरो हुनुपर्छ । यसकारण हामीले बरु यो सोच्न जरुरी छ कि ‘म यो सम्बन्धमा इमानदार छु कि नाई ? म उसलाई माया दिन सक्छु कि नाई ? मैले उसको अपेक्षा पुरा गर्न सकुँला कि नाई ?’ लगायत ।

दोस्रो कुरा
जिन्दगी रमाइलो बनाउनुस्, न कि बोरिङ । होइन भने तपाईको पार्टनरले कसरी तपाईबाट खुसी पाउन सक्छ । आफुसँग भएका कुरा, आफुले पाएका कुरा र आफुले मन पराएका कुरामा खुसी हुन सिक्नुस् । यसले गर्दा सम्बन्धमा ताजापन आउनुका साथै मेलमिलापको वातावरण बन्छ ।

तेस्रो कुरा
गल्ती गर्नुस्, यस्तो सबैको हुन्छ, तर यसलाई फेरी फेरी नदोहोर्याउनुस् । यसले सम्बन्ध बिगार्छ । तपाईको पार्टनरलाई मनै नपर्ने कुरा तपाईले बारम्बार दोहोर्याइरहनु भयो भने, सोच्नुस् अब सम्बन्धमा चिसोपना सुरु भो ।

चौथो कुरा
विगतका गल्तीबाट सिक्दै आफ्ना नराम्रा बानीमा सुधार ल्याउनुस् । जस्तो कि मानौ यदि तपाईले रक्सी धेरै पिएर, काममा मात्रै व्यस्त भएर, चुरोट लिएर, साथीभाइसँग मात्र हिडेर सम्बन्ध बिगार्नु भएको छ भने नयाँ सम्बन्धमा यी नदोहोर्याउनुस् । यी स-साना परिवर्तनले पनि सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छन् ।

पाँचौ कुरा
अनावश्यक रुपमा तपाईको पार्टनरको विगत नकोट्याउनुस् । तपाईले यो कुरा स्वीकार्नुस् कि तपाईसँग जोडिनु भन्दा पहिले उसको पनि एउटा छुट्टै जीवन थियो । जे भइसक्यो, त्यो भइसक्यो । यसलाई कोट्याएर सम्बन्ध बिगार्ने काम नगरेकै राम्रो ।

छैटौं कुरा
छेउछाउ/आसपासका राम्रा मान्छेबाट पनि सिक्नुस् । संसारका सफल व्यक्तिहरूबारे पढ्नाले प्रेरणा मिलेजस्तै आसपासका सुन्दर जोडीबाट सिकेर पनि सम्बन्धमा धेरै सुधार ल्याउन सकिन्छ । यसले गर्दा तपाईले सम्बन्धलाई कसरी मित्रवत् व्यवहार र अन्तरंग कुराकानीले सुधार्न सकिन्छ भन्ने कुरा सिक्नु हुनेछ ।

सातौ कुरा
स्वीकार गर्ने स्वभाव बसाल्नुस् । अक्सर धेरैजसो सम्बन्धहरू किन बिग्रिन्छन् भने, तपाई सोच्नुहुन्छ कि तपाऐको पार्टनर पहिले अर्कै थियो, अहिले पुरै बद्लियो । तर यो सब तपाईको सोच्ने तरिका मात्रै हो । कैलेकसो सोच्ने तरिका बद्लिदा पनि अर्को व्यक्ति बद्लिए जस्तो लाग्न सक्छ । त्यसैले यदि तपाईले हरेकखाले परिस्थितिलाई स्वीकार गर्ने स्वभाव बसाल्नु भयो भने सम्बन्ध आफसेआफ सुमधुर बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्