Logo

श्रीलङ्कामा पुन: बम विस्फोट



Spread the love

 

१२ बैशाख, कोलम्बो । राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार फेरी बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ ।

गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर (चर्च) मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ ।

मृत्यु हुनेमा ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटमा परि करिब ५०० व्यक्ति घाइते भएका छन् । अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

बिस्फोटमा संलग्न अधिकांश व्यक्तिको पहिचान खुलेको र उनीहरु सबै श्रीलङ्काली रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्