Logo

लाजियोसँगको हारसँगै मिलान कोपा इटालियाबाट बाहिरियो



Spread the love

१२ बैशाख, काठमाडाैँ – लाजियो कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा एसी मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै लाजियोले फाइनलमा स्थान पक्का गरेको हो ।

लाजियोले मिलानलाई उसैको मैदानमा हराएर फाइनल यात्रा तय गरेको हो । लाजियोलाई जित दिलाउन जाओक्विन कोर्रेयाले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा कोर्रेयाले निर्णायक गोल गरे ।

अब लाजियोले उपाधिका लागि एट्लान्टा र फियोरेन्टिनाबीचको विजेतासंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्