Logo

फेरि रोकियो रियल, सेभिल्लाको गोलको वर्षा



Spread the love

१३ बैशाख, काठमाडाैँ – स्पेनिस क्लब रियल मड्रिड शुक्रबार सबेरै भएको खेलमा बराबरीमा रोकिएको छ । रियल ला लिगाको चाैँथो स्थानमा आसीन क्लब गेटाफेसँग गोल रहित बराबरीमा रोकिएको हो ।

गेटाफेको घरेलु मैदान अल्फेन्सो पेरेजमा जिदानले गेटाफे विरूद्ध पहिलो रोजाइका खेलाडी मैदानमा उतारे पनि जीत भने निकाल्न सकेनन् ।

यो सिजन रियल मड्रिड आफ्नो स्वभाविक लयमा आउन सकेको छैन । सान्टियागो सोलारीले अपेक्षित सफलता देखाउन नसकेपछि रियलमा पुनः जिदानले प्रवेश गरेका थिए । तर अझै पनि रियलले अपेक्षा अनुरूप प्रदर्शन गर्न सकिरहेको छैन ।

रियलले यो सिजन ३४ खेल खेल्दा २० खेलमा जीत, ५ खेलमा बराबरी र ९ खेलमा हारको नतिजा निकालेको छ । रियल अहिले ६५ अंक सहित तालिकाको तेश्रो स्थानमा छ ।

ला लिगा अन्तर्गत आज  सबेरै भएको अर्को खेलमा सेभिल्लाले रायो भलेकानो माथि ५–० गोलको फराकिलो जित निकालेको छ । सेभिल्लाको जीतमा मुनिरले २,प्रमेस , बेन याडर र साल्भाटिएराले १–१ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्