Logo

भारी बर्षा पश्चात आएको आँधीमा परि ३ जनाको मृत्यु



Spread the love

१३ वैशाख , मोजाम्बिक । अफ्रिकी मुलुक मोजाम्बिकमा भारी वर्षा पश्चात आएको आँधीमा परि ३ जनाको मृत्यु भएको छ ।

प्रतिघण्टा २२० किलोमिटरको गतिमा आएको केनेथ नामक आँधीका कारण ३० हजार मानिस समस्यामा परेका छन् । कोमोरस आइल्याण्ड आँधीको चपेटामा पर्दा उनीहरुको मृत्यु भएको हो ।

आँधीसंगसंगै आएको पहिरोले शहरका विभिन्न क्षेत्रका घर पुरिएका छन् । त्यस्तै आँधीकै कारण हवाई र यातायात सेवासमेत अवरुद्ध बनेको छ । पानी पर्ने क्रम जारी रहेकाले थप क्षति हुन सक्ने भन्दै मौसमविद्हरुले सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्