Logo

हरेक मान्छेको जीवनमा नभई नहुने ५ किसिमका मान्छेहरू



Spread the love

के तपाईलाई थाहा छ ? कुनै पनि सम्बन्धले तपाईलाई यथावत छोड्दैन । कि त तपाईलाई सुधार्छ या भने बिगार्छ । यस अर्थमा पनि तपाईको आसपास को-को छन् भन्ने कुराले तपाईको जिन्दगीको दिशा निर्देशनमा निकै ठुलो अर्थ राख्छ ।

त्यसैले यदि जिन्दगीलाई सुमधुर बनाउँदै तपाई सफलता हासिल गर्न चाहनुहुन्छ भने तल भनिए बमोजिमका ५ किसिमका मान्छेहरूसँग संगत गर्नुस्, शतप्रतिशत प्रभावकारी हुनेछ ।

१. मन सफा गर्ने मालीहरू

मार्सेल प्रोस्टको एउटा भनाइ छ,”तपाईलाई हसाँउने-खुसी तुल्याउने मान्छे प्रति सधैं कृतज्ञ हुनुस् । किनकि ती मान्छेहरू त्यस्ता आकर्षक बगैँचाका मालीहरू हुन्, जसले तपाईको मनलाई सफाइ गर्छन् ।”

केही मान्छेहरू हुन्छन् जसले आफ्नो समय र स्रोत त्यसै खेर फालेर भएनि तपाईलाई सधैं हसाइ राख्न खोजिरहेका हुन्छन् । ती मान्छेहरू सकारात्मक सोच भएका हुन्छन् जसले सधै तपाईलाई उर्जाशील एवम् उत्प्रेरित गरिरहन्छन् । यस्ता मान्छे जो-कोहीको जीवनमा अत्यावश्यक हुन्छन् । ताकि तपाईको जिन्दगीका कुनै अप्ठ्यारा घुम्तीहरूमा ती मान्छेहरू काम लाग्नेछन् ।

२. सहयोग गर्नेहरू

एपिकरस भन्छन्,”साथीहरूको सहयोगले तपाईलाई केही पनि सहयोग मिल्नेवाला छैन । तर यति चै हो कि तपाईको मनोबल भने निकै उच्च हुनेछ ।”

सहयोगी मान्छेहरूले तपाईलाई हरेकखाले समस्याहरूमा केही न केही समाधानका बाटाहरू दिदै तपाईलाई सहयोग गर्नेछन् । यसले गर्दा तपाईलाई लक्ष्यतिर अग्रसर भएर हिड्न धेरै मद्दत पुग्नेछ ।

३. निस्वार्थ माया गर्नेहरू


के तपाई चाहनुहुन्न कि तपाई जस्तो हुनुहुन्छ, त्यस्तै अवस्थामा मान्छेहरूले तपाईलाई मन पराउन् ? अवश्य चाहनुहुन्छ नै ।

तर सायदै यस्ता मान्छे भेटिन्छन्, जसले तपाईलाई बिना कुनै टर्म्स एण्ड कन्डिसन्स (शर्त) मनैदेखी मन पराउन् ! यस्ता मान्छेहरू मात्र तपाईसँग आकर्षित भएका हुन्छन्, न कि तपाईले उसलाई दिने कुरामा ।

कैलेकसो निस्वार्थ प्रेमीहरूले तपाईलाई तपाईका गल्ती कमजोरीहरू सजिलै औँल्याइदिन सक्छन् । तर यसलाई लिएर तपाई दुःखी नहुनुहोला किनकि यो सब तपाईकै सुधारका लागि हो । एकछिन नराम्रो जस्तो लाग्न सक्छ तर यो दीर्घकालका लागि फलदायी हुनेछ । सोच्नुस्, यस्ता मान्छेहरू तपाईको सफलता र असफलता दुबैमा हरदम तपाईसँगै हुनेछन् ।

४. विश्वास गर्नेहरू

अल्बर्ट हबार्डले भनेका छन्,”साथी एउटा त्यस्तो व्यक्ति हो, जसलाई तपाईको बारेमा सबै थाहा हुन्छ र पनि मनैदेखी तपाईलाई राम्रो मान्छ ।”

के कहिल्यै तपाईको जीवनमा यस्तो भएको छ कि तपाई नभएको बखत पनि तपाईकै पक्षमा कसैले एकोहोरो सपोर्ट गरिरहेको होस् ? भएको छ भने सोच्नुस्, उसले तपाईमाथि विश्वास गर्छ । यस्ता किसिमका मान्छेहरूले तपाईका कमी-कमजोरी जान्दा जान्दै पनि तपाईले केही गर्न सक्नुहुन्छ भन्ने विश्वास राख्छन् ।

तपाईमाथि विश्वास गर्ने मान्छेहरूले सदा तपाई भित्रको जुनुन र इच्छाशक्तिलाई उजागर गर्ने प्रयास गरिरहन्छन् ।

५. प्रार्थना गर्नेहरू

बाइबलमा भनिएको छ,”जसरी फलामले फलामलाई तिखार्छ, त्यसैगरी एउटा साथीले नै अर्को साथीलाई आकार दिन्छ ।”

यो व्यस्त दुनियामा मात्र तपाई र तपाईको प्रगतिको लागि प्रार्थना गर्ने मान्छे पाउन निकै मुस्किल छ । तर यदि यस्ता साथी तपाईसँग छन् भने सोच्नुस् तपाई यो संसार कै सबैभन्दा भाग्यमानी मान्छे हुनुहुन्छ ।

हाम्रो विश्वास छ, यो लेख पढेर पक्कै तपाईले मज्जा लिनुभयो होला । आशा छ, यो तपाईका लागि फलदायी साबित हुनेछ ।

के तपाईको आसपास माथि उल्लेखित मान्छेहरू छन् त ? यदि छैनन् भने पनि बनाउन कन्जुस्याई नगर्नुस् ।

लेख पढेर तपाईलाई फलदायी जस्तो लागेमा आफ्नो साथी सर्कलमा पनि शेयर गर्न नभुल्नुहोला है त ।

(एजेन्सीको सहयोगमा)

तस्बिर स्रोतः गुगल

प्रतिक्रिया दिनुहोस्