Logo

नेपालमा बेरोजगारीको संख्या लगभग ९ लाखको हाराहारीमा



Spread the love

१३ वैशाख, काठमाडौँ ।

केन्द्रीय तथ्यांक विभागले गरेको श्रमशक्ति सर्वेक्षणमा नेपालमा काम गर्न नसक्नेहरु मद्द्य कम्तिमा नौ लाख आठ हजार बेरोजगार रहेको पाइएको छ। काम गर्नसक्ने र कामको खोजीमा रहेका मध्ये ११.४ प्रतिशत बेरोजगार रहेको देखाएको हो।

विभागले गरेको अनुसन्धानमा १५ वर्षमाथिको जनसंख्या दुई करोड सात लाख ४४ हजार रहेको छ। जसमा ७० लाख ८६ हजारले मात्र रोजगारी पाएका छन्।

१५ वर्ष माथिकालाई र ३० दिनदेखि कामको खोजिमा रहेका तत्काल काम गर्नसक्नेलाई बेरोजगारको रुपमा लिएको छ। त्यस्तै निर्वाहमुखी पेसामा रहेकालाई बेरोजगार मानिएको छैन।

रोजगारीमा महिला सहभागिता भने ज्यादै कम रहेको छ । जसमा १०० पुरूष रोजगार हुँदा ५९ जना मात्र महिलाले रोजगारी पाएका छन्।

प्रतिक्रिया दिनुहोस्