Logo

नेपालको फराकिलो हार



Spread the love

१३ वैशाख, काठमाडौँ ।
आजबाट म्यानमारमा सुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ ।

शुक्रबार भएको मण्डलेस्थित मण्डलरथिरी स्टेडियममा समूह चरणको पहिलो खेलमा नेपाले बलियो अष्ट्रेलियासँग ११–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । फिफा वरीयतामा छैटौ स्थानमा रहेको अष्ट्रेलियाविरुद्ध नेपाल सबै पक्षमा कमजोर देखिदा खेलभर नै दवाव झेलेको थियो ।

नेपालले पहिलो हाफमै ६ गोल खाँदै एक गोल फर्काउँदा दोस्रो हाफमा ५ गोल सामना गरेको थियो । नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो हाफमा एक गोल फर्काएकी थिइन् ।

नेपालको फराकिलो हारसँगै एएफसी कपमा छनोट हुने सम्भावना झिनो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्