Logo

आईपीएलः मुम्बईद्वारा शीर्षस्थानको चेन्नाई ४६ रनले पराजित



Spread the love

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले शीर्षस्थानको चेन्नाई सुपर किङ्सलाई ४६ रनले पराजित गरेको छ ।

चेन्नाईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १५५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७ ओभर ४ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

सुरेश रैनाको कप्तानीमा मैदान उत्रिएको चेन्नईका लागि विजय मुरालीले सर्वाधिक ३८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी अस्वस्थ्य भएपछि रैनाले चेन्नईको कप्तानी सम्हालेका थिए । तर, टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै मिचेल स्टाननरले २२ तथा ड्वाने ब्राभोले २० रन बनाए । चेन्नईका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्