Logo

गाउँमै नागरिकता सहित आधा दर्जन बढी सेवा पाउँदा गुल्मेली नागरिक हर्षित



Spread the love

१४ बैशाख , गुल्मी – जिल्ला प्रशासन कार्यलय गुल्मीले सुरु गरेको घुम्ती शिविरबाट यति बेला गुल्मेली नागरिकमा उमङ्ग छाएको छ, भने जिल्ला प्रशासन गुल्मीले सदरमुकाम तम्घासमा दिने आधा दर्जन भन्दा बढि सेवा सुविधा आफ्नै घर आगनमा पाउँदा गुल्मेलि नागरिकले राहतको अनुभुती गरिरहेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन गरिएको घुम्ती शिविर बाट १ सय १ वर्षीया पेमा देवि थापा सहित त्यस क्षेत्रका सयौं जनताले सेवा लिए । त्यस्तै जिल्लाको शान्तिपुर गाउँपालिकामा सञ्चालन गरिएको घुम्ती शिविरबाट ५ सय जना भन्दा बढि नागरिकले आफ्नै गाउँमा नागरिता सहित आधा दर्जन भन्दा बढि सेवा सुविधा प्राप्त गरे ।

त्यसैगरी  अहिले जिल्लाको मदाने गाउँपालिकामा बैशाख १२ र १३ गते सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट १ ८९ पुरुष र ३ सय २१ जना महिला गरि ५ सय १० जनाले नागरिता बनाएका छन् भने ४ सय १४ जनाले फोटो सहितको मतदाता नामावली प्राप्त गरेका छन् । जसमा पुरुष १ सय ९१ र महिला २ सय २३ जना रहेका छन् ।

त्यस्तै २ सय ५५ जनलाई निः शुल्क बीउ तथा मल वितरण गरिएको छ भने १ सय १४ जनालाई आयुर्वेदेकि औषधि प्रदान गरिएको छ । १ सय ९५ जनालाई भेटेनरी औषधि प्रदान गरिएको छ भने ३ सय ७४ जनालाई विद्युतीय मिटर बक्स प्रदान गरिएको छ ।

३ वटा घरेलु उद्योग दर्ता गरिएको र ३ सय जनालाई नेपाल टेलिकमको सिम कार्ड वितरण गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत तथा घुम्ती शिविर को नेतृत्वकर्ता लक्ष्मण पाण्डेले सल्लेरी खबरलाई बताए । सेवा लिनेमा अधिकांश दलित तथा जनजाति रहेको पाण्डेले बताए ।

दुर्गम गाउँबाट कागज पत्र नमिल्दा नागरिक दोहोरो झन्झटमा पर्ने हुँदा गाउँमै गइ सेवा प्रदान गर्दा आफुलाई खुसी लागेको र त्यस क्षेत्रका नागरिकमा पनि खुसी छाएको घुम्ती शिविरका नेतृत्वकर्ता पाण्डेले सल्लेरि खबरलाई बताए । यहि बैशाखको अन्तिम साता जिल्लाको दोश्रो विकट मानिने मालिका गाउँपालिकामा एकीकृत घुम्ति सेवा शिवर सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यलय गुल्मीले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्