Logo

आलिया-रणबिर जोडी फिल्मी डेटमा, हेरे ‘एभेन्जर्स एण्ड गेम’ फिल्म



Spread the love

बलिउड हिट जोडी आलिया भट्ट र रणबिर कपुर डेटका लागि मुम्बईको एक फिल्म हलमा गएको भेटिएका छन् । उनीहरू हलिउड फिल्म ‘एभेन्जर्स-एण्ड गेम’ हेर्नका लागि गएका थिए ।

उनीहरू दुबैजना क्याजुयल ड्रेसमा भेटिएका थिए । रियल लाइफ जोडी आलिया-रणबिर आयान मुखर्जीको फिल्म ‘ब्रह्मशास्त्र’ मा रिल लाइफमा पनि सँगै आउँदैछन् । यही फिल्मको सुटिङ दौरान नै उनीहरूले एकअर्कालाई मन पराउन थालेको स्रोतले बताएको छ ।

आउँदै गरेको फिल्म ‘ब्रह्मशास्त्र’ मा आलिया-रणबिर सँगै अमिताभ बच्चन, मोनी रोय लगायतको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्