Logo

ललितपूर महानगरपालिकाले २ ब्रुमर खरिद गर्ने



Spread the love

१५ बैशाख, ललितपुर– ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रुमर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरीद प्रक्रिया अघि बढाइएको हो ।

ब्रुमर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्विट्रल्याण्डमा बनेको ब्रुमर खरीद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

ललितपुर महानगरपालिकाको शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुईवटा ब्रुमर पर्याप्त हुने उनले बताए । उनले भने, ‘नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा ब्रुमर पर्याप्त हुनेछ ।’

महानगरपालिकाले खरीद गर्न लागेको ब्रुमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको बु्रमरजस्तै आधुनिक प्रविधिको भएको प्रवक्ता महर्जनले बताए । ललितपुर महानगरपालिकामा अहिले एउटा सानो ब्रुमर भए पनि सञ्चालनमा नभएको उनले बताए ।

उनले भने, ‘अहिले हामीसँग भएको पुरानो प्रविधिको धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने भएकाले अहिले सञ्चालनमा छैन ।’ महानगरभित्रका सडक सफा गर्नका लागि महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्