Logo

ए डिभिजन लिग विजेता मनाङ भारतीय आई लिग खेल्न भारत जाने



Spread the love

१६ बैशाख, काठमाडौं – ए डिभिजन लिग विजेता टोली मनाङ मर्स्याङ्दी क्लब आज भारत जाने भएको छ ।

भारतीय आई लिग क्लब मिनेर्भा पञ्जाबसँग एएफसी कप अन्तर्गतको समूह चरणको तेस्रो खेल खेल्न मनाङ भारत जाने भएको हो ।

टिम व्यवस्थापक कुमार भट्टराईका अनुसार मनाङ अपरान्ह ४ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा मनाङले आगामी बुधबार  मिनेर्भा पञ्जाबसंग  खेल्नेछ । खेल साँझ पौने ६ बजे सुरु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्