Logo

जनप्रतिनिधि जनताका साझा सम्पत्ति हुन्ः मन्त्री ईश्वर पोख्रेल



Spread the love

१६ बैशाख, कञ्चनपूर – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले जनप्रतिनिधि र जनताबीच विश्वासको धागो चुडिन दिन नहुने बताएका छन् । बेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै मन्त्री पोख्रेलले जनप्रतिनिधि जनताको साझा सम्पत्ति भएकाले जनताले स्वामित्वको दाबी गर्नु स्वाभाविक भएको बताए ।

उनले जनताका प्रतिनिधि भएपछि जनताको मन जित्ने कार्य गर्नुपर्ने कुरामा जोड दिए । मन्त्री पोख्रेलले देशलाई धनी र जनतालाई सुखी सम्पन्न बनाउनका लागि सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेको बताए । देशलाई धनि बनाउन पाँच कुराको आवश्यकता पर्ने चर्चा गर्दै उनले कृषिलाई व्यवस्थित गरी भूउपयोग नीतिमा परिवर्तन गर्नु आवश्यक भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्