Logo

इन्डोनेसियामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो



Spread the love

१६ वैशाख, काठमाडौं ।
इन्डोनेसियाको पश्चिमी बेङकुलु प्रान्त तथा राजधानी जकार्ता शहरमा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । १३ जना बेपत्ता भएको विपत् व्यवस्थापन निकायका अधिकारीहरूले जानकारी दिएका छन् ।

अहिले पानी रोकिएको छ । तर थप भारी वर्षाको अपेक्षा गरिएको भन्दै अधिकारीहरूले मानिसलाई सचेत रहन आग्रह गरिरहेका छन् । बाढी र पहिरोले १८४ घर सखाप पारेपछि १२ हजारभन्दा बढी मानिसले अस्थायी शिविरमा शरण लिइरहेका छन् । बाढीले शिक्षालय तथा सडक, पुल तथा अन्य भौतिक संरचना क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्