Logo

विश्वकप जित्ने पोग्बाको जुत्ता ३० हजार युरोमा बिक्री



Spread the love

१७ बैशाख, काठमाडाैँ – फ्रान्स तथा म्यानचेस्टर युनाईटेडका विश्वकप विजेता मिडफिल्डर पाउल पोग्बाको फुटबल जुत्ता ३० हजार युरोमा बिक्री भएको छ ।

रुस विश्वकप फुटबलको उपाधि जित्दा पोग्बाले लगाएको जुत्ता ३० हजार युरोमा बिक्री भएको हो । क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्दा पोग्बाले एक गोल समेत गरेका थिए ।

दुर्गम क्षेत्रका गरिब विद्यार्थीहरुको लागि आर्थिक संकलन गर्ने उदेश्यले सोमबार पेरिसमा राखिएको लिलामीमा पोग्बाको जुत्ता बिक्रि भएको हो । अक्सनमा पोग्बाको जुत्ता ३५ देखि ५० हजार युरोसम्ममा बिक्री हुने अनुमान गरिएको थियो ।

यस्तै, पोग्बाले विश्वकप अन्तर्गत आइसल्याण्डविरुद्ध लगाएको जर्सी पनि लिलामी भएको छ । उनको जर्सी ४ हजार युरोमा बिक्री भएको हो । उक्त खेलमा पनि पोग्बाले गोल गरेका थिए ।

पोग्बाको जुत्ता र जर्सीबाट आएको रकम दुर्गम क्षेत्रका गरिब विद्यार्थीहरुका लागि खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्