Logo

अब देखि प्रदेश १ को सम्पर्क राजधानी धनकुटा



Spread the love

१७ वैशाख, विराटनगर ।
प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसक्दा धनकुटालाई प्रदेश सरकारले सम्पर्क राजधानी तोकेको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्