Logo

साढे दुई वर्षमा ४ सय ६० भन्दा बढी बालबालिकाको उपचार तथा पुनःस्थापना



Spread the love

१८ बैशाख,काठमाडाैँ – अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना सक्षम परियोजना गुल्मीले स्थापना भएको झन्डै साढे दुई वर्षको अवधिमा गूल्मीका ४ सय ६० भन्दा बढी बालबालिको उपचार तथा पुनःस्थापना गरेको छ ।

जिल्लामा २०७४ सालमा पुस महिनामा स्थापना भएको उक्त्त संस्थाले जिल्लामा अपाङ्ग भएका बालबालिकाको उपचार र पुनःस्थापना मात्र नभई अपाङ्गता भएका व्यक्तिहरुको हकहीतको निम्ति समेत लड्दै आएको जिल्ला अपाङ बाल अस्पताल तथा पुनःस्थापना सक्षम परियोजना गुल्मीका प्रमुख शालिकराम तिमिल्सेनाले बताए ।

अपाङ्ग भएका कोहि पनि बालबालिका उपचारबाट बञ्चित नहुन् भनी जिल्लाका ४ स्थानीय तहमा १ जना कर्मचारीले हेर्न गरि जिल्लाका १२ वटा स्थानीय तहमा ३ जना कर्मचारी खटाईएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना सक्षम परियोजना गुल्मीले जनाएको छ ।

साथै, केही दिन अघि सदरमुकाम तम्घासमा शिविर सञ्चालन गरि ६१ जना बालबालीकाको उपचार गरिएको मुसीकोट नगरपालिकामा शिविर सञ्चालन गरि १ सय ७१ जना बालबालिको उपचार तथा पुनः स्थापना गरिएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना सक्षम परियोजना गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्