Logo

नेपालस्थित भारतीय दूतावासले कञ्चनपुरमा भारतीय पक्षबाट गोली नचलाइएको दाबी



Spread the love

भारतीय दूताबासले कञ्चनपुरको आनन्दबजारमा भएको झडपमा सीमा सुरक्षा बल (एसएसबी)को  गोलीबाट नेपालीको मृत्यु भएको समाचारलाई भारतले खण्डन गरेको छ ।भारतीय दूतावासले आधिकारिक समाजिक सञ्जाल ट्वीटरबाट कञ्चनपुरमा भारतीय पक्षबाट गोली नचालइएको दाबी गरेको हो ।

आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका स्थानीयबासी र भारतीय पक्षबीच बिहीबार झडप भएको थियो । त्यसक्रममा भारतीय पक्षबाट चलेको गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका–८ का गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको हो।

दूताबासले ट्वीट गर्दै स्थितिलाई साम्य पार्न जिल्ला अधिकारीहरुलाई आपसमा समन्वय गर्न निर्देशन दिइएको बताएको छ । घटनापछि नेपालतर्फ सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्