Logo

भारतको महाराष्ट्रमा माओवादीको आक्रमण हुदा १५ सुरक्षाकर्मीको मृत्यु



Spread the love

१८ वैशाख, काठमाडौं ।
भारतको महाराष्ट्रमा माओवादीको आक्रमण हुदा १५ जना सुरक्षाकर्मीको ज्यान गुमाएको छ । गढचिरौली जिल्लामा माओवादीहरुले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराएका हुन् ।

नेपाली समय अनुसार बुधबार दिउँसो पौने १ बजे सुरक्षाकर्मी लक्षित गरी भएको आक्रमणमा अरु थप १० जना घाइते भएका छन् ।

बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको र अहिले पनि भिडन्त जारी रहेको समाचार संस्था एएनआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्