Logo

५० वर्षीया महिलालाई बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ



Spread the love

१८ वैशाख, धरान । इनरुवाकी ५० वर्षीया एक महिलालाई बोक्सी आरोपमा कुटपिट गर्ने एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनरुवाकै ५८ वर्षीय पवन शर्मा खत्वेलाई पक्राउ गरी मुद्धा चलाइएको सुनसरीका प्रहरी प्रमुखले जानकारी दिए ।

छोराको विवाहमा आएका बेला बेहुलाका बाबु खत्वेले ती महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी घाइते बनाएको थियो । पीडित महिलाको उजुरीको आधारमा फरार रहेका खत्वेलाई पक्राउ गरि बुधबार मुद्धा दर्ता गरी कारबाही अगाडि बढाइएको सुनसरीका प्रहरी प्रमुखले बताए।

प्रतिक्रिया दिनुहोस्