Logo

मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिताको लागि गुल्मीमा खेलाडी छनोट सुरु



Spread the love

 

१८ वैशाख, काठमाडौँ । प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगिताको लागि बुधवार देखी गुल्मीमा खेलाडी छनोट सुरु गरिएको छ । प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगिताको जिल्ला स्तरीय छनोट प्रतियोगिताको समारोहलाई रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका छन् ।

राष्टका लागी खेलकुद, स्वास्थ्यको लागी खेलकुद र सबैका लागी खेलकुद भन्ने मूल नाराका साथ यही वैशाख २३ गते देखी २५ गते सम्म बुटवलमा सञ्चालन हुने प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगिताको लागी गुल्मी जिल्लाबाट विभिन्न विधामा १९ जना खेलाडी छनोट हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्र्वकर्माले सल्लेरी खबरलाई बताए ।

गुल्मी जिल्लाका १२ वटा स्थानीय तहबाट छनोट भई आएका खेलाडीहरूको सदरमुकाम तम्घासमा बुधवार र बिहीबार छनोट गरिने छ । गुल्मीबाट भलिबलमा ९, एथ्लेटिस २, व्याटमीन्टनमा महिला २ र पुरुष २, आईटीएफ तेकान्दोमा महिला र पुरुष २/२ गरी जम्मा १९ जना खेलाडीले गुल्मीको प्रतिनिधित्व गदै प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगितामा आफ्नो खेल प्रदर्शन गर्नेछन् ।

उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीले गुल्मीका खेलाडीले राष्ट्रिय स्तरमै अब्बल प्रदर्शन गर्न खेलाडीका आधारभूत आवश्यकता सरकाले पुरा गरिदिनु पर्नेमा उनको जोड रहेको थियो ।

त्यस्तै उद्घाटन समारोहमा गुल्मी उद्योग वाणिज्य सघंका अध्यक्ष श्रीप्रसाद भलामी, नेकपाका बालसिंह काउछा, नेपाली काँग्रेसका धर्म राज पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर आठका वडा अध्यक्ष भरत भलामी, जिल्ला स्थित पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्