Logo

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



Spread the love
सांंकेतिक तस्बिर

१९ बैशाख, इटहरी – इटहरी ५ मा बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्बरको बसले बिहीबार बिहान इटहरी–८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाई ठक्कर दिएको हो ।

उनको उपचारको लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्