Logo

१२ को परीक्षा दिएर फर्किदै गर्दा टिपरको ठक्करबाट एक युवतीको मृत्यु



Spread the love

१९ वैशाख, बुटवल । टिपरको ठक्करबाट बुटवलमा एक युवतीको ज्यान गएको छ । लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो ।

उनि सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै थिइन् । स्कुटर चालक घनश्याम भण्डारीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।।

अहिले सिद्धार्थ गौतमबुद्ध क्याम्पसका विद्यार्थीहरु दोषिलाई तुुरुन्त कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । दोषिलाई तत्काल पक्राउ गरी कारबाही नगरे सडक नै ठप्प पारेर थप आन्दोलन गर्ने नेविसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाइद्वारा चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्