Logo

यी रोग हुनेहरुले नपिउनुहोस् कागती पानी



Spread the love

गर्मीमा महिनामा कागती पानी पिउनु राम्रो हो। यसले गर्मीमा शीतल प्रदान गर्छ तर केही मानिसहरूको स्वास्थ्यमा कागती पानी पिउनाले नोक्सान पनि पुर्‍याउन सक्छ ।

यस्ता ५ किसिमका समस्या भएका मानिसहरूले भुलेर पनि कागती पानी पिउनु हुँदैन

१ . कागती पानीमा एसिडको मात्रा बढी हुन्छ । त्यसैले यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन बढ्ने जस्ता समस्या देखिन सक्छ ।

२. यदि पेटमा अल्सर छ भने कागती पानी नापिउदा राम्रो हुन्छ । किनकि यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।

३. दाँतमा समस्या छ, भने कागती पानी पिउनाले दाँतमा भएको इनामेललाई नष्ट गरी दाँत टुक्रिने र सेन्सिटिभिटी बढ्ने जस्ता हुन्छ ।

४. पिसाबसँग सम्बन्धित समस्या छ भने कागती पानी पिउनाले बारम्बार पिसाब लाग्ने हुँदा त्यस्तो समस्यालाई झन् जटिल बनाउँछ ।

५. कागती पानीले कफ र पित्त बढाउने हुँदा यदि कफ र पित्तको समस्या छ भने कागती पानी नापिउदा नै उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्