Logo

तनहुँमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला



Spread the love

२० वैशाख, तनहुँ ।
जिल्लाको भानुनगरपालिकाको भानु सामुदायिक वनमा एक पुरुषको शव वेवारिसे अवस्थामा भेटिएको छ ।

घाँसदाउरा काट्न भनी जङ्गलमा गएका स्थानीयले पुरुषको शव सडेगलेको अवस्थामा भेटेपछि प्रहरी कार्यलय भानुमा खवर गरेका थिए ।

अनदाजी ४५/५० बर्षको देखिने मृतकको शव धेरै समयदेखि कुहिएको अवस्थामा प्रहरीले भेटेको थियो । निजको नाम भने खुलाउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्