Logo

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु



Spread the love

२० वैशाख, मकवानपुर ।
मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने अर्को एक जना घाइते भएका छन् ।

वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिकामा २७ वर्षीया फूलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मनहरीमा चट्याङ लागेर बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छिन् । उनलाई मनहरीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्