Logo

मुख्यमन्त्री रनिङ शिल्डका लागि गुल्मीबाट ३५ खेलाडी छनोट (नामावली सहित)



Spread the love

२० बैशाख, गुल्मी – प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगिताका लागि गुल्मीबाट विभिन्न विधामा गरी ३५ जना खेलाडी छनोट भएका छन् ।”राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद र सबैका लागि खेलकुद” भन्ने मूल नाराका साथ यहि वैशाख २३ गते देखी २५ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगीता हुँदैछ । र सो प्रतियोगिताका लागि गुल्मीको सदरमुकाम तम्घासमा बुधवार,बिहीबार र शुक्रवार गरि जिल्लाका १२ वटा स्थानीय तहबाट छनोट भई आएका खेलाडीहरू बिच प्रतिस्पर्धा गराई छनोट गरिएको हो ।

गुल्मीका खेलाडी सक्षम रहेको र पदक हात पार्नमा आफै आशवादी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

गुल्मीबाट महिला , पुरुष भलिबल पुरुष , महिला ब्याडमिन्टन,पुरुषमा ५ हजार मिटर र महिलामा पन्ध्र सय मिटर दौड आईटिएफ महिला , पुरुष चेस  तथा महिला, पुरुष तेकान्दोमा गुल्मीका खेलाडीले आफ्नो खेल प्रदर्शन गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए । गुल्मीबाट भलिबलमा ९ जना खेलाडी छनोट हुँदा जिल्लाको चन्द्रकोट गाउँपालिकाको वर्चस्व रहेको छ । चन्द्रकोटबाट पर्वत पुन,विश्वास सुनार , तेज बहादुर विक ,मीन बहादुर क्षेष्ठ गरी ४ जना खेलाडी छनोट हुन सफल भएका छन् ।

त्यस्तै, मुसिकोट नगरपालिकका सन्दीप विक,विनोद विक ,कृष्ण दर्लामी दरबार गाउँपालिकाका कमल क्षेष्ठ, काली गण्डकी गाउँपालिकाका भुवन थापा छनोट भएका छन् ।

त्यसैगरी महिला भलिबलमा मुसिकोट नगरपालिकाको वर्चश्व रहेको छ । मुसिकोट नगरपालिकाबाट नवीना पछाई, दमकला विक,सुस्मिता रायमझी,अरुणा रायमझी,उषा पुन, प्रेरणा पुन र रेसुङगा नगरपालिकाबाट सम्झाना कुँवर, सुजन्ता बलाल र मनिषा राकस छनोट भएका छन ।
त्यस्तै, महिला व्याटमिन्टन्मा सत्यवती गाउँपालिकाका पासाङ राना र इन्द्रकुमारी थापा , पुरुष व्याडमिन्टनमा रेसुङ्गा नगरपालिकाका राजन काउछा र सुरेश श्रेष्ठ , महिला सटपुटमा मुसिकोट नगरपालिकाकी दुर्गा भर्ताल ,पुरुष सटपुटमा मालिका गाउँपालिकाका अविनाश पुन छनोट भएका छन् ।

५ हजार मिटर दौडमा चन्द्रकोट गापाका सूरज परियार , महिला १५ सय मिटर दौडमा मुसिकोट नगरपालिकाकी धनमाया राना , ४५ देखि ५० केजी सम्मको महिला आईटिएफ तेकान्दोमा रेसुङ्गा नगरपालिका पूजा रसाइलि र रुरु गाउँपालिकाकी पूजा दर्लामी छनोट भएका छन् ।

४५ देखि ५० केजीसम्मको पुरुष आईटिएफ तेकान्दोमा रुरु गाउँपालिकाका भुवन श्रेष्ठ र मालीका गाउँपालिकाका श्रीप्रसाद बुढा मगर छनोट भएका छन् ।

चेस तर्फ रेसुङ्गा नगरपालिकाका अशोक थापा छनोट भएका छन् । महिला ४९ केजीको तेक्वान्दो प्रतियोगितामा रेसुङ्गा नगरपालिकाकी दीपा पुन, त्यस्तै ५३ केजीको उमेर समूहमा मुसिकोट नगरपालिकाकी करिश्मा थापा छनोट भएका छन् । ५८ केजिमा पुरुष तर्फ सागर नेपाली र ६३ केजी उमेर समूहमा रेसुङ्गा नगरपालिकाका मनोज पाण्डे छनोट भएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्