Logo

अन्तर नगरपालिका मेयर कप फुटबल प्रतियोगितामा बूढानीलकण्ठ विजयी



Spread the love

२० वैशाख, विदुर – विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ र जिल्ला खेलकूद विकास समितिको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको अन्तर नगरपालिका मेयर कप फुटबल प्रतियोगितामा आजको खेलमा बूढानीलकण्ठ नगरपालिका विजयी भएको छ ।

बूढानीलकण्ठले तनहुँको व्यास नगरपालिकालाई २–० गोलले हराएको हो । खेलको ३६आँै मिनेटमा बूढानीलकण्ठका उर्गेन शेर्पाले पेनाल्टीमा गोल गरे । मध्यान्तरपछि ५७ औँ मिनेटमा दिपेश श्रेष्ठले गोल गरी बूढानीलकण्ठलाई २–० को अवस्थामा पुर्याए । श्रेष्ठ म्यान अफ दी म्याच भए । उनले रु ५ हजार पुरस्कार पाए । शनिबार चितवनको भरतपुर महानगरपालिका र कास्कीको पोखरा महानगरपालिकाबीच तथा विदुर नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्