Logo

सत्यवतीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्नः राहतको अनुभूति गर्दै जनता



Spread the love

२१ बैशाख, काठमाडाैँ – गुल्मीको सत्ववती गाउँपालिकाले आयोजना गरेको दुई दिने निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट त्यस क्षेत्रका सयौँ जनता लाभान्वित भएका छन् । शुक्रबार र शनिबार गाउँपालिकाको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको उक्त शिविर बाट सत्यवति गाउँपालिका साथै छिमेकी गाउँपालिका र नगरपालिकाका जनताले समेत सेवा लिएका थिए ।

शिविरबाट सेवा लिनेमा महिला ७ सय ९२ र  पुरुष २ सय ७९ रहेका थिए  भने ६ सय ४० जनाले भिडियो एक्सरे,२ सय ४६ जनाले ल्याब, २ सय ३९ जनाले ईसिजी, २ सय १६ जनाले फिजियोथेराफी र १ सय ३३ जनाले एक्सरेको सेवा लिएको शिविरमा खटिएकी तथा जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर शिला ढकालले जानकारी दिइन् ।

शिविरमा देशमा विभिन्न प्रतिष्ठित अस्पतालमा कार्यरत डाक्टरहरू र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टरहरूले सेवा प्रदान गरेका थिए । शिविरमा नशा रोग, स्त्री रोग , मुटु रोगको जाँच तथा निःशुल्क उपचार समेत गरिएको थियो ।

जटिल रोगको उपचार आफ्नै घर आँगनमा पाउँदा त्यस क्षेत्रका जनता हर्षित भएका छन् । त्यहाँका नागरिकले स्थानीय सरकारको अनुभूति समेत गरेका छन् ।

त्यस्तै, यता गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले सत्यवतीका जनता स्वास्थ्य भए गाउँपालिकाको विकास हुने बताएका छन् । साथै ,उनले शिविरमा खटेका सबै डाक्टरहरूलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

गाउँपालिकाले आफ्नो क्षेत्रका कोही पनि नागरिक स्वस्थ्य सेवाबाट वञ्चित नहुन् र सबै नागरिकले आफ्नो स्वास्थ्य जाँच गरी स्वास्थ्य रहुन् भन्ने उद्देश्यले करिब ६ लाख खर्च गरी उक्त शिविरको आयोजना गरेको हो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्