Logo

ज्येष्ठ नागरिक लामिछाने अभिनन्दित



Spread the love

२२ वैशाख, काठमाडौँ – माताको मुख हेर्ने दिनको अवसर पारेर नेपाल निजामती कर्मचारी सङ्गठनले नेपालको सबैभन्दा ज्येष्ठ नागरिक १ सय १७ वर्षीया नुवाकोटकी बाटुली लामिछानेलाई हिजो अभिनन्दन गरेको छ ।

हिजो आयोजित कार्यक्रममा नुवाकोटको ककनी गाउँपालिका प्रमुख मानबहादुर लामाले लामिछाने जीवित इतिहास भएको उल्लेख गर्दै पालिकाको तर्फबाट मासिक रु १० हजार र व्यक्तिगत तर्फबाट रु पाँच सय उपलब्ध गराउने घोषणा गरे ।

सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले लामिछानेलाई नेपाल सरकारबाट ज्येष्ठ नागरिक सम्मान दिलाउन र ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने बताए ।

सिन्धुपाल्चोकको बाँसबारी गाविस वडा नं १, गिरानचौरमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट विसं १९५९ चैत्र १० गते जन्मिएकी लामिछाने हाल साविक ककनी गाविस वडा नं ८ मा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्