Logo

रुकुममा यार्सागुम्बा जोगाऊ अभियान सुरु



Spread the love

२२ वैशाख, रुकुम ।
रुकुमका यार्सागुम्वा पाइने विभिन्न क्षेत्रहरुमा युवाहरुलाई खटाईएको छ । पूर्वी रुकुमको रन्मामैकोट गाविसका पुपाल ,पुर्वाङखोला, अर्विजा, भित्रखोला, फुलवारी, घोराँह, जंगला थांगे र तकसेरा गाविसका रामाजीमा र तारावाङ लगायतका बिभिन्न्न स्थानमा युवा परिचालन गर्न सुरु गरिएको हो ।

स्थानीयले यार्साको सिजन सुरु भएसँगै चोरी निकासी पनि बढ्ने भएको भन्दै करीब ३५० भन्दा वढी युवा यार्सागुम्वा पाईने क्षेत्रमा पठाएको यार्सा व्यवस्थापन समितिका अध्यक्ष अमृतधन पुनले जानकारी दिए ।रन्मामैकोटबाट ‘एक घर, एक सुरक्षा’ दस्ता बनाएर यार्सा पाईने क्षेत्रमा युवा परिचालन गरिएको अध्यक्ष पुनले जानकारी दिए ।

चोरी पैठारी बढेपछि रुकुमका हिमाली क्षेत्रमा पाईने यार्सागुम्वाको उत्पादन निक्कै घट्दै गईरहेको छ । गत बर्ष उत्पादनमा गिरावट आएको हुनाले यस वर्ष यार्सागुम्वा उत्पादन वढ्ने स्थानीयले बताएका छन् । समय– समयमा पानी तथा हिमालमा हिउं परेका कारण बढ्ने अनुमान गरिएको छ ।

गत बर्ष यार्सा उत्पादनसँगै मूल्यमा समेत गिरावट आएको थियो । गत बर्ष प्रतिकिलोग्राम रू. ६ लाख देखि १५ लाखमा यार्साको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्