Logo

सलाहले बार्सिलोनाविरुद्धको खेल गुमाउने लगभग निश्चित



Spread the love

२३ वैशाख, काठमाडौं ।
लिभरपुलका फरवार्ड मोहम्मद सलाहले च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्धको खेल गुमाउने सक्ने सम्भावना उच्च रहेको छ । न्युक्यासलमाथि ३–२ को कठिन जित निकालेको खेलमा सलाहले टाउकोमा चोट बोक्दै दोस्रो हाफमा मैदानबाट बाहिरिएको थियो ।

६८औं मिनेटमा हेडिङ गर्ने प्रयास गर्दा सलाह न्युक्यासलका गोलरक्षक मार्टिन डुब्राभ्कासँग ठोकिन पुगेका थिए । लगत्तै उनी भुइमा बजारिन पुगेको थिए ।

चोट बोकेका सलाहलाई स्ट्रेचरमा मैदानबाहिर लग्दा उनको गहभरि आँशु थियो । मेडिकल टोलीले सलाहको अवस्था सामान्य रहेपनि च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लिग र लिगको अन्तिम खेल खेल्न सक्ने नसक्ने अहिल्यै भन्न नसकिने बताएका छन् ।

बार्सिलोनाविरुद्धको दोस्रो लिगको खेल मंगलबार राति लिभरपुलको घरेलु मैदानमा हुदैछ । मुख्य फरवार्ड नै चोटिलो बनेपछि लिभरपुललाई गम्भीर धक्का लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्