Logo

गत साता सर्वाधिक विक्री भएका १० स्मार्टफोनहरु



Spread the love

स्मार्टफोनको व्यापार विश्वभर उल्लेखनीय मात्रामा भईरहेको छ । विश्व स्मार्टफोनको बजारमा धेरैजसो सामसुङ, एप्पल र हुवावेईका स्मार्टफोनको व्यापार सबैभन्दा धेरै हुदै आइरहेको छ । यस्तोमा गत साता सबैभन्दा बढी विक्री भएका स्मार्टफोन यस्ता छन:

सामसुङ ग्यालेक्सी ए८०
यो स्मार्टफोनमा ८ जीबी रयाम र १२८ जीबी इन्टर्नल स्पेस रहेको छ । यसमा ३७ सय एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ ।

सामसुङ ग्यालेक्सी ए५०
यो स्मार्टफोनमा ४ तथा ६ जीबी रयाम र ६४ जीबी तथा १२८ जीबी इन्टर्नल स्टोरेजका दुई भेरियन्ट उपलब्ध छन् । ४ हजार एमएएचको ब्याट्रीको प्रयोग गरिएको यो फोनमा ५ सय १२ जीबीको एसडी कार्डको प्रयोग गर्न सकिन्छ ।

हुवावेई पी३० प्रो
यो फोन ६ र ८ जीबीको रयामका साथै १२८, २५६ र ५१२ जीबीको इन्टर्नल स्टोरेजका साथ उपलब्ध छ । यसमा ४२ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।

सामसुङ ग्यालेक्सी ए७०
यसमा ६ र ८ जीबी रयामका साथै १२८ जीबी इन्टर्नल स्टोरेजको व्यवस्था छ ।

शाओमी रेडमी नोट ७
यो फोनमा ४ जीबी रयाम र ६४ जीबी इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ ।

हुवावेई पी३० लाइट
यसमा ६ जीबी रयाम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।

शाओमी रेडमी नोट ७ प्रो
यो स्मार्टफोनमा पनि ६ जीबी रयाम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यसको ब्याट्री ४ हजार एमएएच क्षमताको छ ।

सामसुङ ग्यालेक्सी ए३०
यो फोनमा ३ र ४ जीबी रयामका साथै ३२ र ६४ जीबीको इन्टर्नल स्टोरेजको व्यवस्था छ ।

हुवावेई पी३०
यसमा ६ र ८ जीबी रयामसहित ६४, १२८ र २५६ जीबी इन्टर्नल स्टोरेजको छ ।

सामसुङ ग्यालेक्सी एस१० प्लस
यो फोनमा ८ जीबी रयामसहित १२८, ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेजको व्यवस्था छ भने ब्याट्रीको क्षमता ४१ सय एमएएच छ ।

प्रतिक्रिया दिनुहोस्