Logo

स्याङ्जाको ईलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव



Spread the love

२४ वैशाख स्याङ्जा ।ईलाका प्रशासन कार्यालय वालिङ, स्याङ्जामा कर्मचारीको अभाव भएको छ । जिल्लामै सबै भन्दा बढी नागरिकता र राहदानी वितरण गर्ने इलाकामा संघीय सरकारले कर्मचारी समायोजनको अवधारणा ल्याएपछि कर्मचारीको अभाव भएको हो ।

कर्मचारीको अभाव भएपनि सेवा लिन आएका नागरिकलाई भने असहज नहुने गरी सेवा दिन बाध्य भएको ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्