Logo

फाइनल प्रवेशका लागि चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा हुदै



Spread the love

 

२४ वैशाख, काठमाडौँ । आईपीएल अन्तर्गत फाइनल प्रवेशका लागि आज चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल चेन्नईको घरेलु मैदानमा नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । आजको विजेता फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

गत सिजनको साविक विजेता चेन्नई पुरानै लयलाई कायम गर्ने लक्ष्यमा रहँदा ३ पटक च्याम्पियन भएको मुम्बई चौथो उपाधिको खोजिसहित फाइनलमा पुग्न चाहन्छ । महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नई र रोहित शर्माको कप्तानीमा मुम्बई मैदान उत्रिनेछ ।

मुम्बईले पछिल्ला ३ खेलमध्ये २ मा जित र १ मा हार ब्यहोरेको थियो । चेन्नई लिगको अन्तिम खेलमा किङ्स–११ पन्जाबसँग ६ विकेटले पराजित भएको थियो ।

चेन्नईको सम्भावित प्लेइङ–११
सेन वाट्सन, फाफ डु प्लेसिस, सुरेश रैना, अम्बाती रायडु, महेन्द्रसिह धोनी, धरुभ सोरे, ब्राभो, रबिन्द्र जडेजा, दीपक चाहर, हरभजन सिंह र इमरान ताहिर

मुम्बईको सम्भावित प्लेइङ–११
डि कक, रोहित शर्मा, सूर्यकुमार यादव, इशान किसान, हार्दिक पाण्डे, किरोन पोलार्ड, क्रुनल पाण्डे, अनुकुल रोय, राहुल चाहार, लासिथा मालिगा र जसप्रित बुम्रराह

प्रतिक्रिया दिनुहोस्