Logo

धावन मार्गबाट चिप्लिएर जाइरोकोप्टर दुर्घटना



Spread the love

२४ वैशाख, काठमाडौँ । पोखरा विमानस्थलमा अल्ट्रालाइटको जाइरोकोप्टर दुर्घटना भएको छ ।

मंगलवार दिउँसो साढे २ बजे यात्रुलाई साइट सिन गराएर फर्किएपछि ल्याण्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लिएर बाहिर चौर किनारामा पुग्दा दुर्घटना भएको हो ।

‘दुर्घटनामा परेको जाइरोकोप्टरमा क्षति पुगेको छ । पाइलट र यात्रु भने सकुशल छन्,’ पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईले जानकारी दिए ।

दुर्घटनापछि विमानस्थल भने सामान्य अवस्थामा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्