Logo

मुख्यमन्त्री रनिङ शिल्डमा गुल्मीलाई २ स्वर्ण सहित ७ पदक ( विजेताको नामावली सहित)



Spread the love

२४ बैशाख , गुल्मी – प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगितामा गुल्मी जिल्लाले २ स्वर्ण , २ रजत र ३ कास्य गरि ७ पदक जित्न सफल भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद र सबैका लागि खेलकुद” भन्ने मूल नाराका साथ यहि वैशाख २३ गते देखी २५ गतेसम्म बुटवलमा सम्पन्न प्रथम प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड खुल्ला प्रतियोगीता प्रदेश नम्वर पाँचका १२ जिल्लाका ४ सय ५० जना खेलाडीको सहभागीता रहेको थियो ।

गुल्मीले पुरुष आईटिएफ तेक्वान्दोमा २ स्वर्ण , पुरुष व्याडमिन्टनमा २ रजत, महिला डब्लुटिएफ तेक्वान्दोमा १ कास्य र महिला व्याडमिन्टनमा २ कास्य जितेको हो ।

श्रीप्रसाद बुढा मगरले ५० देखी ५५ केजीको आईटिएफ तेक्वान्दोमा स्वर्ण जितेका हुन भने भुवन श्रेष्ठले ४५ देखी ५० केजीको उमेर समुहमा गुल्मीलाई स्वर्ण पदक दिलाउन सफल भए । त्यस्तै, पुरूष व्याडमिन्टनमा राजन काउछा र सुरेश श्रेष्ठले रजत पदक हात पार्दा महिला डब्लुटिएफ तेकान्दोको ४९ केजी उमेर समुहमा दिपा पुनले कास्य पदक जित्न सफल भइन्  ।

महिला व्याडमिन्टन तर्फ पासाङ राना पौजा र ईन्द्र कुमारी थापाले कास्य पदक हात पारेको जिल्ला खेलकुद विकास कार्यलय गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिएका छन् ।

गुल्मीबाट महिला , पुरुष भलिबल , महिला ब्याडमिन्टन,पुरुषमा ५ हजार मिटर र महिलामा १५ सय मिटर दौड, आईटिएफ महिला , पुरुष चेस तथा महिला, पुरुष तेक्वान्दोमा ३५ जना खेलाडीले आफ्नो खेल प्रर्दशन गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्