Logo

सञ्चार क्षेत्र निष्पक्ष हुनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड



Spread the love

२५ बैशाख, काठमाडाैँ – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सञ्चार क्षेत्र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् । हेटौँडाको सबैभन्दा पुरानो रेडियो हेटौँडा एफएमको १४औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले देशको सकारात्मक परिवर्तनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।

मुख्यमन्त्री पौडेलले समाज परिवर्तनमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने जनाउँदै प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकास चाहेको उल्लेख गरे । वर्तमान परिप्रेक्षमा कतिपय सञ्चारमाध्यमले आग्रह र पूर्वाग्रहसमेत राख्ने तथा सहीलाई गलत र गलतलाई सही भन्ने प्रवृत्ति बढेको भन्दै मुख्यमन्त्री पौडेलले त्यस्ता प्रवृत्ति सच्याउन अनुरोध गरे । आफ्नो समेत पहलमा स्थापित हेटौँडा एफएमले १४ वर्ष प्रवेश गरेकामा मुख्यमन्त्री पौडेलले बधाई तथा शुभकामना व्यक्त गर्दै केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रदेश ३ की सांसद तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले मकवानपुरको सामाजिक रुपान्तरणमा हेटौँडा एफएमले खेलेको भूमिकाको प्रशंसा गरे । प्रदेश ३ की अर्की सांसद जुनेली श्रेष्ठले रेडियो प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गरे । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जनआन्दोलनताका हेटौँडा एफएमले सडकबाट समाचार वाचन गरेर भए पनि जनतालाई सुसूचित गरेको तथा भूकम्पमा समेत २४ घण्टा देशभरिको विवरण प्रस्तुत गरेर श्रोताको मन जितेको बताए । पत्रकार महासङ्घ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले मकवानपुरको पत्रकारिता क्षेत्रमा हेटौँडा एफएमको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

ब्रोडकास्टिङ एशोसिएशन नेपालका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा एफएमका प्रबन्ध निर्देशक उज्ज्वल चौलागाईंले सधैँ जनताको पक्षमा आवाज बोलिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्