Logo

लिभरपुल फाइनलमा प्रवेश गरेसंगै बनेका १० एतिहासिक तथ्य



Spread the love

२५ वैशाख, काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनामाथि अपत्यारिलो जित निकालेसँगै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

पहिलो खेलमा ३–० ले पछि परेपनि दोस्रो लेगमा ४–० को जित निकाल्दै समग्रमा ४–३ को जित निकाल्दै लिभरपुलले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । सायद लिभरपुलले पूनरागमन जित निकाल्नेमा कमैले आँकलन गरेका थिए ।

लिभरपुलले जित निकाल्दै फाइनलमा प्रवेश गरेको केही तथ्यहरु उल्लेख गरिएको छ :

१ – लिभरपुल नवौपटक युरोपियन कप/च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको हो ।

२ – सन् २००९ पछि लिभरपुल ब्याक टु ब्याक फाइनलमा पुग्ने पहिलो इंग्लिस क्लब बन्यो ।

३ – यो च्याम्पियन्स लिगको नकआउटमा चौथोपटक हो, जहाँ पहिलो लेगमा फराकिलो अग्रता लिएको टोली पराजित भएको छ ।

४ – स्पेनिस क्लब बार्सिलोना पछिल्ला चारमध्ये तीन सिजन सेमिफाइनलबाटै बाहिरिने टोली बन्यो ।

५– बार्सिलोनाले युरोपियन कम्पिटिसनमा कुनै पनि इंग्लिस टोलीसँग ४–० ले पहिलोपटक पराजित भएको हो ।

६– फुल ब्याक ट्रेन्ट एलेक्जेन्डर अर्नाेल्डले यो सिजन गोलका लागि १४ असिस्ट दिए । जुन लिभरपुलका लागि सबैभन्दा बढी हो ।

७– डिभोका ओरिजीले च्याम्पियन्स लिगमा पहिलो गोल गर्दा ओरिजी लिभरपुलका लागि च्याम्पियन्स लिगमा गोल गर्ने ५०औं खेलाडी बने । जसमा आत्मघाती गोल पनि समावेश छ ।

८ – वाइनाल्डम लिभरपुलका लागि १२२ सेकेण्डभित्र गोल गर्ने खेलाडी बने ।

९ – वाइनाल्डम च्याम्पियन्स लिगमा सन् २००७ पछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै दुई गोल गर्ने पहिलो खेलाडी बने ।

१०– बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले लिभरपुलविरुद्धको दोस्रो लेगमा ५ पोस्ट आक्रमणसहित ३ असिस्ट दिएपनि गोल गर्न सकेन।

प्रतिक्रिया दिनुहोस्