Logo

चितुवाको आक्रमणबाट दुई जना घाइते



Spread the love

२५ बैशाख, काठमाडाैँ – पोखरामा आज चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

पोखरा–३० को शिशुवामा र त्रित्याङमा चितुवाको आक्रमणबाट धरानको सिसुवाका ४५ वर्षीय टीकाबहादुर लिम्बू र पोखरा–३० की ५७ वर्षीया राधिका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । चितुवाले लिम्बूलाई हात र राधिकालाई तिघ्रामा चिथोरेको छ । दुवैको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्