Logo

राष्ट्रिय जागरण अभियान सुरु,अभियान तीन चरणमा हुने



Spread the love

२५ बैशाख, गुल्मी – नेपाली कांग्रेस गुल्मीको आयोजनामा बुधबार देखी राष्ट्रिय जागरण अभियान सुरु भएको छ ।

जागरण अभियानको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला प्रतिनिधि हरिप्रसाद नेपालले वर्तमान केपि ओलि सरकार भ्रष्टाचारि ,अपराधि र बलात्कारिको संरक्षक बनेर समाजलाई आतङ्कित बनाइरहेको आरोप लगाए। वर्तमान सरकार काण्डैकाण्डले भरिएको भन्दै नेता नेपालले ‘शान्ति सुरक्षा छैन,निर्मला पन्तका हत्याराहरू खुलेआम हिँडेका छन् । बालुवाटारको सरकारी जग्गा किन्नेहरूलाई सरकारले संरक्षण गरेर राखेको छ र मुलुकमा ओलीका कारण बेथिति बढेको छ ’भने ।

नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले नेपाली कांग्रेस पार्टि भित्रको मतभेदलाई भुली एकताबद्ध भएर अभियानमा लाग्न जरुरी छ भन्दै कांग्रेस कमजोर हुँदा राष्ट्रियता, लोकतान्त्रिक व्यवस्था कमजोर भएको उनको दाबी रहेको थियो ।

नेपाली कांग्रेसको संगठनलाई वडा तहदेखि नै शशक्त तथा उर्जाशील बनाउँदै सरकारको संरक्षणमा भएका भ्रष्टाचार,अन्याय ,संवैधानिक निकायमा गरिएको हस्तक्षेप ,प्रेसमाथीको हस्तक्षेप र सरकारले गरेको हरेक ज्यादतीको विरुद्ध आम जनतालाई जागरुक गराउने यस कार्यक्रमको उदेश्य रहेको जानकारी सभापति श्रेष्ठले दिए ।सभापति श्रेष्ठले यस जागरण अभियानबाट पार्टीका हरेक गतिविधि मजबुद बन्दै जाने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस गुल्मीले पहिलाे चरणमा एक महिनासम्म सञ्चालन हुने कार्यक्रम अन्तर्गत बैशाख २६ गते सत्यवती,२७ गते कालीगण्डकी ,२८ चन्द्रकोट,२९ गते मुसिकोट नगरपालिका,३० गते इश्मा गाउपालिका, ३१ गते मालिका ,जेठ १ गते मदाने, २गते धुर्कोट, ६ गते रुरु, ७ गते छत्रकोट, ८ गते गुल्मी दरबार र ९ गते रेसुङ्गा नगरपालिकामा सम्पन्न गरिने जानकारी पार्टी सचिव खिलध्वज पन्थीले दिए ।

यसैगरी पहिलाे चरणमा नेपाल महिला संघ ,नेपाल तरुण दल,नेपाल दलित संघ ,नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय मगर संघ,नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ , नेपाल साँस्कृतिक संघ लगायत भार्तृ र सुभेच्छुक संस्थाले जेठ २५ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी सचिव पन्थीले दिए ।

उद्घाटन कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका पूर्व सभापतिहरु त्रैलोक्यप्रताप सेन, चन्द्रबहादुर के.सि., सुरेशचन्द्र भुसाल ,पूर्व सांसद् झक बहादुर पुन, उपसभापति विष्णु प्रसाद बलाल , सचिव विष्णु कुमारी सापकोटा, जिल्ला सदस्यहरु शालिकराम पन्थी, छन्द बहादुर पहराइ मगर लगायतका वक्ताले कम्युनिस्ट सरकार अधिनायकवाद र लाजमर्दो स्थितिमा पुगेकाे धारण राख्दै जागरण अभियानलाई पार्टीको हरेक तहबाट सहयोग गरि सफल बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।

काङ्ग्रेसका जिल्ला सदस्य क्षेत्रीय समिति र विभिन्न भार्तृ संगठन तथा शुभेच्छुक संस्थाकाे उपस्थित रहेकाे पहिलो दिनको कार्यक्रममा नेकपा सहित विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्